Posts

Showing posts from May, 2019

बुटवलबाट श्रम स्वीकृति, जुनसुकै जिल्लाबासीले पाउने

Image
बुटवल – सरकारले वैदेशिक रोजगारीमा जानेका लागि श्रम स्वीकृति लिन संघीय राजधानीबाहिर बुटवलमा अाइतबारदेखि सेवा प्रारम्भ गरेको छ ।सामाजिक सुरक्षा मन्त्रालय, श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग श्रम तथा रोजगार कार्यालयले श्रम स्वीकृतिका लागि बुटवलमा प्रदेश ५ कार्यालय स्थापना गरी श्रम स्वीकृतिको सेवा शुरू गरेको हो । श्रमिक फेरि फर्केर त्यही कम्पनी र त्यही देशमा जानका लागि मात्र यो सेवा यहाँबाट शुरू गरिएको वैदेशिक रोजगार विभागले जनाएको छ । यस अगाडि श्रम स्वीकृतिको काम वैदेशिक विभागबाट मात्र हुन्थ्यो । उक्त सेवाको विभागका महानिर्देशक दिलीपकुमार चापागाईंले आज बुटवलमा उद्घाटन गर्नुभयो । चापागाईंले वैदेशिक रोजगारमा जाने कामदारको चाप धेरै भएर विभागले आफ्नो सेवा विकेन्द्रित गरेको बताउनुभयो ।प्रदेश ५ लाई लक्षित गरेर कार्यालय खोलिए पनि देशको जुनकुनै जिल्लाका कामदारको स्वीकृति यहाँबाट हुन्छ । कार्यालयबाट काम शुरू भएपछि काठमाडौँ पुग्नुपर्ने र दुई÷चार दिन बसेर काम गर्नुपर्ने बाध्यता हटेको कार्यालय प्रमुख उमेश शर्माले बताउनुभयो । केही महीना अगाडि श्रम तथा रोजगारमन्त्री गोकर्ण विष्टले वैदेशिक रोजगारमा...

१० कट्ठा जमिनमा हजार बोट मेवा, वार्षिक कमाइ २० लाख !

Image
१० कट्ठा जमिनमा एक हजारवटा मेवाका बोट छन् । ४ देखि ५ फिट मात्र उचाइका सबै बोटमा ठूल्ठूला मेवा फलेका छन् ।बोटले थाम्नै नसक्ने गरी मेवा फलेकाले बारीमा गएर अवलोकन गर्ने जोकोही अचम्ममा पर्छन् । हरेक बोटमा कम्तीमा ५ वटा मेवा फलेको छ । औसतमा एउटा मेवाको तौल १ किलो ७ सय ग्राम छ ।मेचीनगर नगरपालिका–९ मागुरमाडीका किसान डिल्लीराज उप्रेतीले गत जेठमा लगाएको मेवा खेतीले यतिवेला मनग्य आम्दानी दिन थालेको छ । उप्रेतीले दुई सातायता प्रत्येक दुई दिनमा अढाई क्विन्टल मेवा बिक्री गरिरहेका छन् । ५० रुपैयाँ प्रतिकिलो बिक्री भइरहेको उनले सुनाए । ‘अहिले १० कट्ठामा मात्र मेवा खेती छ, अब चाँडै डेढ बिघा जग्गा भाडामा लिएर खेती बढाउँदै छु,’ बारीमा मेवा टिप्दै गरेका उप्रेतीले भने, ‘एकपटक लगाएको मेवाको बिरुवाले कम्तीमा दुई वर्षसम्म निरन्तर उत्पादन दिन्छ ।’सामान्यतया खोला बगरमा मात्र फल्ने खरबुजा पनि उनले मेवाका बोटको फेदमै फलाएका छन् । खरबुजाभन्दा पहिले उनले मेवाको फेदमा सयपत्री फूलको खेती गरेका थिए । तिहारमा उनले साढे ४ लाख रुपैयाँको सयपत्री बिक्री गरे । खरबुजा को उत्पादन सकिएपछि फेरि सयपत्री रोप्ने योजनामा छन्,...

कतारको जेलमा थुनिएका बिनोद रानाभाटको उद्धारको लागि सहयोग अपिल, सक्दो शेयर गरि सहयोगी सम्म पुर्याउ

Image
कतारको जेलमा थुनिएका माडीका युवा बिनोद रानाभाटको उद्धारको लागि सहयोग आव्हान गरिएको छ ।बैदेशिक रोजगारीका लागि जनरल क्लिनरको पदमा कामका लागि करीब ३ बर्षअघि कतार पुगेका माडी नगरपालिका वडा नं. ७ कीर्तनपुर हाल भरतपुर १५ निवासी विनोद रानाभाट कतारस्थित ओक्रा जेलमा थुनिएको छ । रानाभाटको आर्थिक अवस्था कमजोर रहेकोले सवैले सहयोग गरिदिन भरतपुरको चौबिसकोठीमा पत्रकार सम्मेलन गरि परिवारले आग्रह गरेको छ । रानाभाटको उद्धारका लागी बिनोद रानाभाट रिहाइ तथा उद्धार समिति गठन गरिसकिएको छ । त्यसैगरि सहयोग गर्न चाहने ईच्छुकले कृषि विकास बैंक लि. माडीमा रहेको विनोद रानाभाट रिहाई तथा उद्धार समितीको खाता नं. ०५०८८०१३३७०९४०१३ मा रकम जम्मा गरि सहयोग गर्न सक्ने बिनोद रानाभाटका बुवा ढाकामोहन रानाभाटले जानकारी दिए । सहयोग गर्न ईच्छुकहरुले नेपाल भरिको कृषि विकास बैंक लि.बाट रकम जम्मा गर्न सक्नेछन् । त्यसैगरि सहयोगका लागी मोबाईल नं. ९८४५२०१४४२, ९८४५३४५१३४ तथा ९८४५३६८९७० मा पनि सम्पर्क गर्न सकिने समितीले जनाएको छ । रानाभाटलाई भारतीय कामदारले आक्रमण गरेकोमा आफ्नो ज्यानको सुरक्षाका लागि प्रतिकार गर्दा भारतकै अर्...

के तपाई अभिकर्ता हुनुहुन्छ ? तपाईले आफनो लाईसेन्स नविरकण गर्नुभयो ?

बीमा अभिकर्ताहरुले प्रत्येक बर्षको चैत्र मसान्तसम्ममा आफनो इजाजत पत्र नवीकरण गरिसक्नुपर्नेछ । बीमा ऐन २०४९ अनुसार उक्त अवधि भित्रमा नविकरण नगरेमा समितिले इजाजत पत्र खारेज समेत गर्न सक्नेछ । बीमा नियमावली अनुसार बीमा अभिकर्ताले आफनो इजाजतपत्र नवीकरण गराउनको लागि चैत महिना भित्रमा नवीकरण दस्तूर बापत २ सय रुपैयाँ समेत संलग्न राखी समितिको कार्यलयमा निवेदन दिनुपर्नेछ । यसरी निवेदन प्राप्त भएमा समितिले त्यस्तो बीमा अभिकर्ताको इजाजतपत्र नवीकरण गरिदिनु पर्नेछ । म्यादभित्रै कुनै बीमा अभिकर्ताले आफनो इजाजतपत्र नवीकरणको लागि निवेदन दिन नसकेमा कारण खुलाई समितिको कार्यलयमा निवेदन दिन सक्नेछन् । अभिकर्ताले दिएको निवेदन उचित लागेमा समितिले नवीकरणको म्याद नाघेको पहिलो २ महिनासम्मको लागि १ सय रुपैयाँ र त्यसपछिको चार महिनासम्मको लागि प्रति दिन ५ रुपैयाँ थप दस्तुर लिई त्यस्तो बीमा अभिकर्ताको इजाजतपत्र नवीकरण गरी दिन सक्नेछ । थप दस्तूर लिई बढीमा ६ महिनाको म्याद थप गरिदिन सक्नेछ । कुनै बीमा अभिकर्ताले आफनो इजाजत पत्र नवीकरण नगराएमा बीमालेख लिनेको हक हित विरुद्ध वा ऐन अन्र्तगत बनेको नियम विपरित कुनै...

लुक्लामा भएको बीमान र हेलिकप्टर दुर्घटनाबाट बीमा कम्पनीमा करिब ६० करोडको दाबी

Image
बैशाख एक गते समिट एयरको बिमान र मनाङ एयरको हेलिकप्टर दुर्घटनाबाट नेपाली निर्जीवन बीमा कम्पनीमा करिब ६० करोडको दाबी पर्ने अनुमान गरिएको छ । कम्पनीले गरेको तेस्रो पक्ष दाबीका अनुसार उक्त रकम बराबरको दाबी पर्ने देखिएको बीमा समितिले बताएको छ । समितिका अनुसार समिट एयरको बीमा नेपाली निर्जीवन बीमा कम्पनी आईएमई जनरल इन्स्योरेन्स, हिमालयन जनरल इन्स्योरेन्स र एनएलजी इन्स्योरेन्स कम्पनीमा बीमा भएको थियो । एयरलाईन्सले तेस्रो पक्ष दुर्घटनाको दाबी गरेको समितिले बताएको छ । २०७६ सालको सुरुवातसँगै सोलुखुम्बुको तेन्जिङ्ग हिलारी विमानस्थल लुक्लामा विमान दुर्र्घटना हुदाँ तीन जनाको मृत्यू भएको थियो । समिट एयरको बिमान लुक्लाबाट रामेछापको मन्थलीका लागि उडान भर्ने क्रममा धानवमार्गबाट चिप्लिएर दायाँतिर मोडिदा मनाङ एयरको हेलिकोप्टरसँग ठोक्किए पछि दुर्घटनामा परेको थियो । नाईन एन एएमएच कलसाईनको विमान तीव्र बेगमा पंखा घुमाएर उच्च गतिमा गुड्न थालेको ५ सेकेण्डमै दुर्घटनामा परेको थियो । धानवमार्गमा करिब एक सय जति गुड्न नपाउँदै जहाज दायाँतिर मोडिएर दुर्घटनामा परेको थियो । दुर्घटनामा विमानस्थल सुरक्षाका लागि ...

बीमा अभिकर्ता बन्न चाहानुहुन्छ, यदि इच्छुक हुनुहुन्छ भने यी कुराहरुमा ध्यान दिनुहोला ?

Image
बीमा अभिकर्ता बीमित र बीमकका बीचमा मध्यस्तकर्ताका रुपमा रही काम गर्ने व्यक्ति बीमा अभिकर्ता हो । बीमा कम्पनिको तलबी कर्मचारीको रुपमा नभई निश्चित कमिशनका आधारमा बीमकको तर्फ बाट बीमित समक्ष गई बीमा प्रबद्र्धन कार्य गर्ने व्यक्तिलाई बीमा अभिकर्ता भनिन्छ । बीमा अभिकर्ताले बिमितलाई बीमा कम्पनिका नीति तथा बीमाका प्रकार साथै बीमा अवधिका बारेमा बताई बीमा गर्न प्रेरित गर्दछन् । बीमा अभिकर्ता हुनका लागि शैक्षिक योग्यता कति हुनुपर्छ ? धेरै मानिसहरुको जिज्ञासा हुन सक्छ बीमा अभिकर्ता बन्नका लागि कति शैक्षिक योग्यता चाहिन्छ वा के पढेको हुनु पर्दछ । बीमा अभिकर्ता बन्न वा हुनका लागि यो पढेको वा यति नै शैक्षिक उपाधि हासिल गरेको हुनु पर्छ भन्ने छैन् । तर पनि बीमा अभिकर्ता बन्नका लागि न्यूनतम शैक्षिक योग्यता एसएलसी वा सो सरहको पढाई उत्तिर्ण गरेको हुनुपर्छ । योग्यता पुगेका जो कोहिले पनि अभिकर्ता बन्न सक्नेछन् । बीमा अभिकर्ता हुनका लागि के तालिम प्राप्त हुनै पर्छ ? तालिम कसरी लिने वा को मार्फत लिने ? बीमा अभिकर्ता बन्नका लागि बीमा सम्बन्धि आवश्यक तालिम प्राप्त व्यक्तिको आवश्यक पर्दछ । यस्तो तालिम ब...

विपत कुनै संकेत दिएर आउदैँन, त्यसलाई सामना गर्न बीमा गरौँ

Image
कसले नसोचेको हुँदो हो र जीवन सरल अनि सहज तरिकाले वितोस् । सरलै सरल अनि सहजै सहज होस् भन्ने धारणा सबैमा हुन्छ। तर यस्तो किसिमको धारणा  हुँदाहुँदै पनि हामि आजका लागि मात्रै गर्छौ । तर अह भोलिको सुरक्षाको लागि खासै मतलव राख्न चाहादैनौँ । यो आम मानिसहरुमा रहेको स्वभाव नै हो । आज पनि नेपाली समाजमा भोलिको जोखिमको लागि कल्पनीने वातावरण रहेको पाईदैन् ।  भविष्यमा आउन सक्ने बिपत्ति तथा जोखिमको कारण बाट उत्पन्न हुन सक्ने आर्थिक संकटको सुरक्षा प्रदान गर्ने एउटा भरपद्रो माध्यम बीमा बन्न सक्छ । भनिन्छ नि आपत्त बिपत्ति कुनै बाजा बजाएर वा ढोल पिटेर आउँदैन । त्यसैले भविश्यमा पर्न सक्ने भवितव्य आपत्त बिपत्ति तथा जोखिमको कारण बाट पर्न सक्ने आर्थिक संकटको समाधानको लागि हामिले बीमा कम्पनीलाई बीमा पोलिसीमा तोकिए बमोजिम शुल्क बुझाइ जोखिम हस्तान्तरण गर्न सक्छौँ । जीवनमा कत्ति बेला केके जोखिम आईपर्ने हुन् कसलाई के थाहा र । मानवीय जीवनमा जोखिम अन्श्चित हुन्छन् । काम गर्न सकुञ्जेल र केही पैसा रहुँञ्जेल म छु भन्नेहरुले पनि एक दिन सबैले हेर्न छोड्छन् । भविष्यमा जोखिम म आए है भन्दै पक्कै पनि आउँदैन्,...

नेपाली बीमा कम्पनीसँग काम गर्न १७ विदेशी बीमांकी इच्छुक, एक जना नेपाली बीमांकीले पनि दिईन आवेदन

Image
कसले नसोचेको हुँदो हो र जीवन सरल अनि सहज तरिकाले वितोस् । सरलै सरल अनि सहजै सहज होस् भन्ने धारणा सबैमा हुन्छ। तर यस्तो किसिमको धारणा हुँदाहुँदै पनि हामि आजका लागि मात्रै गर्छौ । तर अह भोलिको सुरक्षाको लागि खासै मतलव राख्न चाहादैनौँ । यो आम मानिसहरुमा रहेको स्वभाव नै हो । आवेदन दिएकामध्ये अमेरिकन बीमाकीं सोसाईटीबाट बीमांकी लाईसेन्स पाएका तीन जनाले आवेदन दिएका छन् । त्यस्तै, बेलायतबाट लाईसेन्स लिएका तीन जनाले आवेदन दिएका छन् । १० जनाले भारतीय बीमांकी सोसाईटीबाट लाईसेन्स लिएकाले आवेदन दिएका छन् । आवेदन दिएकामध्ये एक जना नेपाली बीमांकी प्रेक्षा माथेमाले पनि आवेदन दिएको बीमा समितिले बताएको छ । त्यस्तै जीवन बीमा कम्पनीका लागी १४ बीमांकीले आवेदन दिएका छन् भने निर्जीवन बीमाको लागि १२ जनाले आवेदन दिएका छन् । आवेदन दिएका बीमांकीको अध्ययन पछि बीमा समितिले स्वीकृति दिने समितिका निर्देशक कमल रेग्मीले बताए । स्वीकृति दिएका बीमांकीसँग नेपाली बीमा कम्पनीले आफनो वित्तिय विवरणको बीमांकी मूल्यांकन गराउँन सक्नेछन् । बीमा समितिले गत फागुनमा नै सुचना जारी बीमांकी रोष्टर निर्माण गर...

कुन युवती कति भाग्यमानी ? चिउँडो हेरेर थाहा पाउनुहोस्,

Image
मानिसको अनुहारमा भएका हरेक अंगको आफ्नै महत्व छ । खासगरी मानिसलाई सुन्दर बनाउन अनुहारका अंगहरु महत्वपूर्ण हुन्छन् । तर समुन्द्र शास्त्रका अनुसार अनुहारका अंगहरुको सौन्दर्यजनक मात्र नभएर अरु पनि विभिन्न महत्व छन् । त्यस्तै महत्वपूर्ण अंग हो चिउँडो । मानिसका स्वभाव, गुण अवगुण थाहा पाउन उसको चिउँडो हेरे पुग्ने समुन्द्र शास्त्रको दावी छ । थाहा पाउनुस् कस्तो चिउँडोको अर्थ के ? सलक्क परेको चिउँडोः तल माथि मिलेको र सोझो परेको चिउँडो शुभ मानिन्छ । यस्तो चिउँडो भएका ब्यक्ति सत्य बोल्ने र नियम पालना गर्ने हुन्छन् । यस्ता ब्यक्ति गम्भिर र कम बोल्ने स्वभावका पनि हुन्छन् । यिनीहरुको भनाइ अस्वीकार गर्न नसकिने खालको हुन्छ । यिनीहरु प्रेम गर्दा पनि निस्वार्थ भावले गर्छन् । यस्तो चिउँडो भएकाहरु आर्थिकरुपमा पनि बलिया हुन्छन् । गोलो चिउँडोः यदि कसैको चिउँडो गोलो आकारको छ भने यस्ता ब्यक्ति भावुक हुने र साना साना कुरामा पनि भड्किने हुन्छन् । यस्ता ब्यक्तिले हरेक काम हतारमा गर्छन् र काम बिगार्छन् पनि । आफूलाई क्रोधी देखाउने यिनीहरुको स्वभाव हुन्छ । क्रोधको समयमा उत्तेजित भएर असंयमित काम समेत गर्छन् । ...

बीमा पुण्यको काम हो : एजेन्सी म्यानेजर राममाया घिमिरे

Image
बागलुङ नगरपालिका वडा नं २, बागलुङ घर भएकी राममाया घिमिरे (रमा)  इन्स्योरेन्स मा एजेन्सि म्यानेजरका रुपमा कार्यरत छिन् । उनमा आफुलाई केही गरौ र आफ्नो परिवारलाई पनि आर्थिक रुपमा सहयोग गरौ भन्ने भावना मनमा सधै लागि रहनथ्यो । आफ्नो पकेट खर्चका लागि पनि परिवार र श्रीमान संग माग्नु पर्ने अवस्थाको अन्त्य होस भन्ने चाहना उनमा थियो । बीमा सम्बन्धी हल्ला सुनेकी रमाले खासमा बीमा के हो बुझेकी थिईनन् । तर उनको मनमा कौतुहलता भने उत्पन्न भएको थियो । त्यती नै बेला एलआईसीका अभिकर्ताहरु संग भेट भयो । उनीहरुबाट नै उनले पहिलो पटक बीमा सम्वन्धी कुराहरु र एलआईसी सम्बन्धी बारे जानकारी हासिल गरेकी थिईन । आर्थिक रुपमा सक्षम हुँन चाहाने रमा विगत ९ वर्ष देखि बीमा अभिकर्ता पेशामा आवद्ध रहँदै आएकी छिन् । उनले भारत, थाईल्याण्ड, ईन्डोनेसीया, मलेशिया, दुबईको भ्रमण गरेसकेकी छिन् । निरन्तर ९ बर्ष देखी बागलुङ शाखा प्रथम, ९ बर्ष देखी अध्यक्ष क्लबमा समेत रहँदै आएकी राममाया वीमा सम्राट, वीमा रत्न, गोल्ड मेडलीस्ट जस्ता पदकले सम्मानित भईसकेकी छिन् । यस्तै अन्तराष्ट्रिय पुरस्कार एमडिआरटी ७ पटक तथा सिओटी १ पटक प...

नबिल बैंकले कमायो ३ अर्ब १९ करोड १० लाख नाफा

Image
बैंकिङ खबर  । नबिल बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा आइपुग्दा ३ अर्ब १९ करोड १० लाख ७१ हजार रुपैयाँ खुद नाफा कमाएको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३ दशमलव १७ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको यसै अवधिमा नबिलले ३ अर्ब ९ करोड २७ लाख ६६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । ब्याज आम्दानी चालु आर्थिक वर्षको ९ महिनामा बैंकले ५ अर्ब ४१ करोड ९४ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा खुद ब्याज आम्दानी १८ दशमलव ३८ प्रतिशतले बढी हो । गत वर्ष यसै अवधिमा बैंकले ४ अर्ब ५६ करोढ ९७ लाख ७९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । निक्षेप तथा कर्जा चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा बैंकले १ खर्ब ५३ अर्ब ६९ करोड ५१ लाख ३२ हजार रुपैयाँ निक्षेप संकलन गरी १ अर्ब २८ अर्ब १९ करोड ७३ लाख ४४ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । चैत मसान्तसम्म बैंकले जगेडा कोषमा ९ अर्ब ६ करोड ५७ लाख ७१ हजार रुपैयाँ राखेको छ । त्यस्तै, रिटेन्ड् अर्निङमा ३ अर्ब ७६ करोड ५२ लाख ४८ हजार रुपैयाँ रहेको छ ।

बीमा अभिकर्ता भनेको के हो ? केके काम गर्छन् ?

Image
कम्पनीको तर्फबाट तलबी कर्मचारीको रुपमा निश्चित कमिसनका आधारमा बिमकको तर्फबाट बिमित सक्षम गई प्रवद्र्धन कार्य गर्नेव्यक्तिलाई बीमा अभिकर्ता भनिन्छ । बीमा अभिकर्ताको न्युनतम शैक्षिक योग्यता एसएलसी वा सो सरहको उतिर्ण गरेको हुनुपर्दछ । यस्ता व्यक्तिले जो कोही पनि बीमा अभिकर्ता बन्न सक्छन् तर त्यसका लागि उक्त व्यक्तिले बीमा समीति वा सम्बन्धित बिमकले सञ्चालन गरेको बीमा अभिकर्तासम्बन्धी तालिम लिएको हुनुपर्दछ । त्यसपछि उसले बीमा अभिकर्ताको इजाजतपत्रको लागि बीमा समीतिले तोकेको ढाँचामा निवेदन दिनुपर्दछ । बीमा अभिकर्ताहरुको कर्तव्य÷बीमा कम्पनीको तर्फबाट प्रतिनिधीको रुपमा बीमा गराउन चाहने मानिसको सम्पर्कमा पुग्ने, बीमा प्रस्ताव फारम भराउन सहयोग गर्ने, बिमितलाई बीमासम्बन्धी आवश्यक सरसल्लाह दिने तथा दाबी भुक्तानीको समयमा बिमितको परिवारलाई आवश्यक सहयोग गर्ने आदि कार्य हुन् । बीमा अभिकर्ताले प्रत्येक बीमालेख बिक्री गरेपश्चात् बिमकको तर्फबाट सो बापत प्रचलित बीमा नियमावली बमोजिम तोकिएको दरमा कमिसन प्राप्त गर्दछ ।