बीमा पुण्यको काम हो : एजेन्सी म्यानेजर राममाया घिमिरे
बागलुङ नगरपालिका वडा नं २, बागलुङ घर भएकी राममाया घिमिरे (रमा) इन्स्योरेन्स मा एजेन्सि म्यानेजरका रुपमा कार्यरत छिन् । उनमा आफुलाई केही गरौ र आफ्नो परिवारलाई पनि आर्थिक रुपमा सहयोग गरौ भन्ने भावना मनमा सधै लागि रहनथ्यो । आफ्नो पकेट खर्चका लागि पनि परिवार र श्रीमान संग माग्नु पर्ने अवस्थाको अन्त्य होस भन्ने चाहना उनमा थियो ।
बीमा सम्बन्धी हल्ला सुनेकी रमाले खासमा बीमा के हो बुझेकी थिईनन् । तर उनको मनमा कौतुहलता भने उत्पन्न भएको थियो । त्यती नै बेला एलआईसीका अभिकर्ताहरु संग भेट भयो । उनीहरुबाट नै उनले पहिलो पटक बीमा सम्वन्धी कुराहरु र एलआईसी सम्बन्धी बारे जानकारी हासिल गरेकी थिईन । आर्थिक रुपमा सक्षम हुँन चाहाने रमा विगत ९ वर्ष देखि बीमा अभिकर्ता पेशामा आवद्ध रहँदै आएकी छिन् ।
उनले भारत, थाईल्याण्ड, ईन्डोनेसीया, मलेशिया, दुबईको भ्रमण गरेसकेकी छिन् । निरन्तर ९ बर्ष देखी बागलुङ शाखा प्रथम, ९ बर्ष देखी अध्यक्ष क्लबमा समेत रहँदै आएकी राममाया वीमा सम्राट, वीमा रत्न, गोल्ड मेडलीस्ट जस्ता पदकले सम्मानित भईसकेकी छिन् । यस्तै अन्तराष्ट्रिय पुरस्कार एमडिआरटी ७ पटक तथा सिओटी १ पटक प्राप्त गर्नुका साथै राममायाले भारतीय बीमा संस्था को ‘इन्स्योरेन्स इस्टिच्युट अफ इन्डिया’ सहित एलआईसी नेपाल बाट सञ्चालित विभिन्न तालिमहरु प्राप्त गरेकी छिन्।
Comments
Post a Comment