नेपाली बीमा कम्पनीसँग काम गर्न १७ विदेशी बीमांकी इच्छुक, एक जना नेपाली बीमांकीले पनि दिईन आवेदन




कसले नसोचेको हुँदो हो र जीवन सरल अनि सहज तरिकाले वितोस् । सरलै सरल अनि सहजै सहज होस् भन्ने धारणा सबैमा हुन्छ। तर यस्तो किसिमको धारणा हुँदाहुँदै पनि हामि आजका लागि मात्रै गर्छौ । तर अह भोलिको सुरक्षाको लागि खासै मतलव राख्न चाहादैनौँ । यो आम मानिसहरुमा रहेको स्वभाव नै हो ।

आवेदन दिएकामध्ये अमेरिकन बीमाकीं सोसाईटीबाट बीमांकी लाईसेन्स पाएका तीन जनाले आवेदन दिएका छन् । त्यस्तै, बेलायतबाट लाईसेन्स लिएका तीन जनाले आवेदन दिएका छन् । १० जनाले भारतीय बीमांकी सोसाईटीबाट लाईसेन्स लिएकाले आवेदन दिएका छन् । आवेदन दिएकामध्ये एक जना नेपाली बीमांकी प्रेक्षा माथेमाले पनि आवेदन दिएको बीमा समितिले बताएको छ ।

त्यस्तै जीवन बीमा कम्पनीका लागी १४ बीमांकीले आवेदन दिएका छन् भने निर्जीवन बीमाको लागि १२ जनाले आवेदन दिएका छन् ।

आवेदन दिएका बीमांकीको अध्ययन पछि बीमा समितिले स्वीकृति दिने समितिका निर्देशक कमल रेग्मीले बताए । स्वीकृति दिएका बीमांकीसँग नेपाली बीमा कम्पनीले आफनो वित्तिय विवरणको बीमांकी मूल्यांकन गराउँन सक्नेछन् ।

बीमा समितिले गत फागुनमा नै सुचना जारी बीमांकी रोष्टर निर्माण गर्ने जानकारी दिएको थियो । इच्छुक बीमांकीलाई आवेदनको लागि आह्वान गरेको थियो । पहिलो सुचनामा पर्याप्त आवेदन नपरेपछि समितिले गत चैत्र १३ गते दोस्रो सुचना जारी गरी आवेदन दिनका लागि आह्वान गरेको थियो । नेपाली बीमा कम्पनीहरुले भोग्दै आएको बीमाकीको समस्या समाधान गर्न बीमा समितिले बीमांकी रोष्टर निर्माण गर्न लागेको हो ।

Comments

Popular posts from this blog

बीमा अभिकर्ता बन्न चाहानुहुन्छ, यदि इच्छुक हुनुहुन्छ भने यी कुराहरुमा ध्यान दिनुहोला ?

१० कट्ठा जमिनमा हजार बोट मेवा, वार्षिक कमाइ २० लाख !

बीमा अभिकर्ता भनेको के हो ? केके काम गर्छन् ?