बुटवलबाट श्रम स्वीकृति, जुनसुकै जिल्लाबासीले पाउने
बुटवल – सरकारले वैदेशिक रोजगारीमा जानेका लागि श्रम स्वीकृति लिन संघीय राजधानीबाहिर बुटवलमा अाइतबारदेखि सेवा प्रारम्भ गरेको छ ।सामाजिक सुरक्षा मन्त्रालय, श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग श्रम तथा रोजगार कार्यालयले श्रम स्वीकृतिका लागि बुटवलमा प्रदेश ५ कार्यालय स्थापना गरी श्रम स्वीकृतिको सेवा शुरू गरेको हो । श्रमिक फेरि फर्केर त्यही कम्पनी र त्यही देशमा जानका लागि मात्र यो सेवा यहाँबाट शुरू गरिएको वैदेशिक रोजगार विभागले जनाएको छ । यस अगाडि श्रम स्वीकृतिको काम वैदेशिक विभागबाट मात्र हुन्थ्यो । उक्त सेवाको विभागका महानिर्देशक दिलीपकुमार चापागाईंले आज बुटवलमा उद्घाटन गर्नुभयो । चापागाईंले वैदेशिक रोजगारमा जाने कामदारको चाप धेरै भएर विभागले आफ्नो सेवा विकेन्द्रित गरेको बताउनुभयो ।प्रदेश ५ लाई लक्षित गरेर कार्यालय खोलिए पनि देशको जुनकुनै जिल्लाका कामदारको स्वीकृति यहाँबाट हुन्छ । कार्यालयबाट काम शुरू भएपछि काठमाडौँ पुग्नुपर्ने र दुई÷चार दिन बसेर काम गर्नुपर्ने बाध्यता हटेको कार्यालय प्रमुख उमेश शर्माले बताउनुभयो । केही महीना अगाडि श्रम तथा रोजगारमन्त्री गोकर्ण विष्टले वैदेशिक रोजगारमा...